मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २८ बुधबार २०:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बढी भाडा लिने ४४ गाडी र ६६ ट्याक्सीलाई कारबाही 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २८ बुधबार २०:४०:००

बढी भाडा लिने ४४ गाडी र ६६ ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीसाधनको अनुगमन गरी बढी भाडा लिनेलाई कारबाही गरेको हो । 

ट्राफिक महाशाखाले क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने भाडाका सवारीसाधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सीको अनुगमन र कारबाही गरेको हो । 

यात्रुको चाप बढी हुने रुटमा विशेष चेक प्वाइन्टहरू राखी सवारीसाधनको जाँचमा कडाइ पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार चाडपर्वलक्षित विशेष योजनालाई मध्यनजर गरी सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारबाही अभियान चलाइएको छ । 

उनले यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका बसपार्क एव मुख्य भिडभाड हुने चोकहरूमा जाँच गरी स्वास्थ्य मापदण्ड पालना गरे–नगरेको र यात्रुसँग बढी भाडा लिने गरे–नगरेको अनुगमनलाई तीव्रता दिई थप कडा कारबाही गर्न थालेको बताए । 

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५,४५१ वटा सवारीसाधनलाई सम्झाइबुझाई गरी सुधार गर्ने प्रतिबद्धतापश्चात् छाडेकोसमेत जानकारी दिए । 

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढी यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नसमेत सबै यातायात व्यवसायी एवं यात्रुमा अनुरोध गरेको छ।