मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २८ बुधबार १६:१०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेस फाइनान्स इन्भेष्टमेन्ट बैंकमा गाभिने औपचारिक निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २८ बुधबार १६:१०:००

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘ग’ वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने विषय इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभाले पारित गरेको छ । 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको थियोे । 

यस विशेष साधारणसभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयरबापत नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३० कित्ता सेयर दिने सेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । 

दश करोड चुक्ता पुँजी रहेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेको चुक्ता पुँजी रु. १४ अर्ब ३७ करोड हुनेछ र प्रवर्द्धकहरूको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरू सेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।