Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७५ पौष ३ मंगलबार १९:३६:००
Read Time : < 1 मिनेट
समाचार

हिंसा रोक्न भक्तपुरका महिलालाई आत्मरक्षा तालिम

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष ३ मंगलबार १९:३६:००

नेपाल सेल्फ डिफेन्स एशोसिएशनले राष्ट्रिय खेलकूद परिषदकाे समन्वयमा महिलालाई आत्मरक्षा तालिम दिएकाे छ । सार्वजनिक सवारी, कार्यालय, सार्वजनिकस्थल लगायतमा महिला हिंसा बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षासम्बन्धी दुई दिने तालिम मंगलबार समापन भएको हो । 

एशोसिएशनका प्रशिक्षकहरु पद्मा खयर गोलीले महिलामाथि हुन सक्ने हिंसा रोक्न र आफ्नो रक्षा आफै गर्न सक्ने बनाउन आत्मरक्षासम्बन्धी तालिम दिएकाे बताए । भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानमा भएको तालिममा एशोसिएशनका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, प्रशिक्षक पद्मा खयर गोली, राधिका ऐर हमाल, रोजिना लोहला र रवीन्द्र श्रेष्ठले सहभागी करिब चार सय महिलालाई आत्मरक्षा तालिम दिएकाे हाे ।

खयर गोलीले काठमाडौं, ललितपुर, काभ्रे, बाँके, कैलाली, कञ्चनपुरलगायत क्षेत्रका महिलालाई आत्मरक्षाको तालिम सञ्चालन गर्दै आएकाे र आगामी माघ १० गतेदेखि १२ जिल्लाका महिलालाई पनि तालिम दिइने भएको छ ।