मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ असोज २७ मंगलबार १०:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीखोरस्थित सेनाको ब्यारेक नै जुवाअड्डा

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ असोज २७ मंगलबार १०:१९:००

जिल्ला प्रहरी कार्यालय नवलपरासीले (बर्दघाट सुस्तापूर्व) जिल्लामा जुवातासविरुद्धको अभियान तीव्र बनाइरहेका वेला जिल्लाकै सैनिक ब्यारेकभित्र जुवा अड्डा रहेको खुलासा भएको छ ।

कावासोतीको हात्तीखोरस्थित वन तथा पर्यावरण सुरक्षा गणअन्तर्गतको राष्ट्रिय सेवा दल (एनसिसी) ब्यारेकभित्रै जुवा अड्डा रहेको खुलासा भएको हाे ।

दसैँ, तिहार तथा छठ पर्वको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयले सुरक्षा अभियान तीव्र पारिरहेका वेला सेनाकै ब्यारेकभित्र जुवा अड्डा फेला परेपछि ब्यारेकभित्रै छानबिन थालिएको एक सैनिक अधिकारीले बताए ।

केही दिनयता प्रहरीले जुवा खेलिरहेका सर्वसाधारणलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी कारबाही चलाएको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका– २ कोल्हुवास्थित एक होटेलकाे  जुवाखालबाट चारजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सैनिक ब्यारेकभित्र जुवा खेल्ने अड्डा रहेको गुनासो प्रहरी कार्यालयमा पुगेपछि जिल्ला प्रशासनमार्फत सैनिक ब्यारेकका प्रमुख सेनानी कर्णेल शारदाभक्त माटाङगुलुङलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

जिल्ला सदरमुकाम कावासोतीका विभिन्न होटेल तथा घरहरूमा नियमित जुवा खेलाउने अड्डा रहेको सूचना पाएपछि प्रहरीले खोजबिन थालेको हो । प्रहरी अभियान चलिरहँदा सैनिक ब्यारेकभित्रै जुवा खेलाउने अड्डा बनाएको भेटिएपछि सैनिक ब्यारेकभित्र मात्र होइन, प्रहरी कार्यालयमा  समेत तरंग फैलिएको छ ।