मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ३० बिहीबार
  • Thursday, 13 May, 2021
२०७७ असोज २६ सोमबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवागढी नाकामा सशस्त्र प्रहरीको बिओपी स्थापना

Read Time : < 1 मिनेट
२०७७ असोज २६ सोमबार १९:१८:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । तत्कालीन सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गुल्म (राजस्व भन्सार सुरक्षा गुल्म) खारेज भएसँगै सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको हो । 

बिओपीको आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बाहिनी मुख्यालयका बाहिनीपति डिआइजी मन्दीप श्रेष्ठले रसुवागढी नाकाबाट दुई किलोमिटर वर टिमुरेमा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जना रहने गरी बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाका गुल्मपति लवकुमार सापकोटाले बताए । 

बिओपीबाट सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारबाहीमा परिचालित हुने उनले बताए । ‘नेपाल सरकारले उत्तर दक्षिणका सीमालाई मजबुत बनाउन राजस्व तथा भन्सार सुरक्षा गुल्मलाई खारेज गरी बोर्डर आउट पोस्ट स्थापना गरेको हो,’ उनले भने, ‘सीमा अतिक्रमण हुन नदिन, सीमास्तम्भहरूको सुरक्षा गर्न र अवैध सामान चोरी–निकासी पैठारी नियन्त्रण गर्न बोडर आउट पोस्टको स्थापना भएको छ ।’

यसअघि भएका जनशक्तिबाटै बिओपीमा खटाइएको बताइएको छ । यसअघि गुल्म हुँदा एक सय ६० जना जनशक्ति सीमामा खटिएका थिए । बिओपी उद्घाटनको क्रममा गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष करग्याल्मो श्रेष्ठले अन्तर्राष्ट्रिय नाकामा बिओपीभन्दा गुल्ममै रुपान्तरण गर्नुपर्ने बताइन् । ‘यो अन्तर्राष्ट्रिय नाका हो, यहाँबाट सामान आयात–निर्यात बढ्ने हुनाले सुरक्षालगायत अन्य पाटोमा जनशक्तिको आवश्यकता पर्छ,’ उनले भनिन्, ‘यसलाई घटाउनुभन्दा पनि पुनः गुल्ममै रूपान्तरण गर्नु आवश्यक छ, यसका लागि थप जनशक्ति हुन आवश्यक छ ।’ 

बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बाहिनी मुख्यालयका बाहिनीपति डिआइजी मन्दीप श्रेष्ठले अहिले जनशक्तिको अभाव रहेकाले गुल्मको दरबन्दीलाई प्रतिस्थापित गर्दै बिओपी स्थापना गरेको बताए ।