१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : शाहकाे फेसबुक पेजबाट
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २६ सोमबार १५:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाकाे कर्णाली प्रदेश विवाद पेचिलाे बन्दै, प्रमुख सचेतक शाह हटाइए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २६ सोमबार १५:१५:००

नेकपा कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले उनको काम सन्तोषजनक नभएको भन्दै जिम्मेवारीमुक्त गरेका हुन् ।

कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

आज मात्र नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले काठमाडाैंमा भेट गरी कर्णाली प्रदेशकाे विवादबारे छलफल गरेकाे भए पनि प्रदेशमा देखिएकाे विवाद थप जटिल बन्दै गएकाे देखिन्छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रस्ताव फिर्ता गराउन आग्रह गरेका थिए । त्यसैगरी नेकपाका नेता भीम रावलले कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनु अनिष्टको संकेत भएको बताएका छन् ।