१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई
२०७७ असोज २६ सोमबार १२:४१:००
Read Time : < 1 मिनेट
विश्व

लिबियामा अपहरित सात भारतीय नागरिक २७ दिनपछि मुक्त

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज २६ सोमबार १२:४१:००

लिबियामा अपहरणमा परेका सातजना भारतीय नागरिक २७ दिनपछि अपहरणमुक्त भएका छन् । ट्युनिसियाका लागि भारतीय राजदूतका अनुसार अपहरणमा परेका उनीहरूलाई अपहरणकारीले आइतबार मुक्त गरिदिएका हुन् । 

उनीहरू लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत १४ सेप्टेम्बरमा अपहरणमा परेका थिए । उनीहरू भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक भएको उनले जानकारी दिए ।

भारतले गत बिहीबार मात्र आफ्ना नागरिक अपहरणमा परेको जनाएको थियो । त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूतावासले उनीहरूको खोजी सुरु गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिक लिबियामा अपहरणमा परेका र उनीहरूको खोजी जारी रहेको जानकारी गत बिहीबार दिएका थिए । लिबियामा भारतको राजदूतावास नरहेकोले ट्युनिसियामा रहेको दूतावासबाट उनीहरूको खोजी थालिएको थियो । 

भारत सरकारले लिबिया सरकार र अरू पनि अधिकारवादी संघसंस्थालाई आफ्ना नागरिकको खोजी गरिदिन आग्रह गरेको थियो । पछि अपहरणकारीहरूले नै भारतीय नागरिक आफ्नो सम्पर्कमा रहेका र उनीहरू सकुशल रहेका भन्दै तस्बिर सार्वजनिक गरेका थिए । त्यसलगत्तै उनीहरूले ती भारतीयलाई अपहरणमुक्त गरिदिएको बताएका छन् । अपहरणको कारण र उनीहरूलाई के–कसरी रिहा गरियो भन्ने बारे प्रस्ट भएको छैन ।