१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २६ सोमबार ०५:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रोयल इन्फिल्डका दुई बाइकको एकहप्ते टेस्ट राइड

Read Time : < 1 मिनेट
२०७७ असोज २६ सोमबार ०५:४०:००

रोयल इन्फिल्डका दुई बाइक हिमालयन र इन्टरसेप्टरको टेस्ट राइड प्रोग्राम हुने भएको छ । नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिले ‘एड्भेन्चर मिट्स फन’ भन्ने नारासहित कार्यक्रम आयोजना गर्न लागेको हो । 

एक सातासम्म चल्ने टेस्ट राइडमा गाइड मार्सलहरूको सहयोगमा ट्रायल ट्र्याकमा बाइक गुडाउन सकिने कम्पनीले जनाएको छ । टेस्ट राइड गर्ने राइडरहरूलाई रोयल इन्फिल्डको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिने विवेक अटोमोबाइल्सले जनाएको छ । रोयल इन्फिल्डका दुई प्रिमियम बाइक हिमालयन र इन्टरसेप्टरको राइड अनुभव लिन पाउँदा राइडरहरू खुसी हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ । 

हिमालयनमा ४११ सिसीको सिंगल सिलिन्डर एयर–कुल्ड एसओएचसी इन्जिन छ । यसले २४.५ पिएस पावर र ३२ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । यसको स्पिडोमिटर, ट्रिपमिटर, फ्युल गेज, डायरेक्सनल कम्पस र अन्य जरुरी इन्फर्मेसन एनालग डायल र डिजिटल डिस्प्लेमा देख्न सकिने जनाइएको छ । हेलोजेन हेडल्याम्प भएको यो बाइकको मूल्य ८ लाख ९८ हजार रुपैयाँ रहेको जनाइएको छ । 

इन्टरसेप्टर बाइकमा ६४८ सिसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ । यसले ४७ बिएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच समावेश गरिएको र अधिकतम गति १ सय ६३ किलोमिटर प्रतिघन्टा रहेको जनाइएको छ । यसको मूल्य १२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।