मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २६ सोमबार ०९:३१:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

केयू प्राध्यापक  संघको अनलाइनमार्फत नै अधिवेशन

Read Time : < 1 मिनेट
२०७७ असोज २६ सोमबार ०९:३१:००

काठमाडाैं  विश्वविद्यालयका प्राध्यापकको साझा संस्था काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको चौथो अधिवेशन अनलाइनमार्फत आयोजना गरिएको छ भने विश्वविद्यालयमै निर्मित विद्युतीय प्रविधिबाट मतदान गरी सम्पन्न भएको छ । 

आइतबार अनलाइनमार्फत अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीको अवस्थामा डिजिटल प्रविधिबाट आफ्नो नियमित पठनपाठन र अधिवेशन सम्पन्न गरी उदाहरण पेस गरेकोमा प्राध्यापक संघको प्रशंसा गरे । उनले विश्वविद्यालयका पदाधिकारीलाई पनि आफ्ना कमिकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताए । देउवाले प्राध्यापक तथा कर्मचारीलाई आफ्ना अधिकार सुनिश्चित गर्दै विश्वविद्यालयलाई अहिलेको समयअनुसार अगाडि बढाउन सहयोगी हुनुपर्ने बताए । 

त्यस्तै, अधिवेशनको सफलताको शुभकामना दिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष शुभकामना पठाएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले कायम गरेको शैक्षिक गुणस्तरमा विश्वविद्यालयका प्राध्यापकको अथक मिहिनेत र परिश्रम रहेको उल्लेख गर्दै प्रशंसा गरेका छन् । विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुभकामना सन्देश पठाउँदै शैक्षिक क्यालेन्डरलाई व्यवस्थित गराउन प्राध्यापकको महत्वपूर्ण भूमिका रहने बताए । 

प्राध्यापक संघको सभापतिमा प्रा.डा. बराल
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा प्रा.डा. विवेक बराल निर्वाचित भएका छन् । विश्वविद्यालयका प्राध्यापकले तयार पारेको विद्युतीय मतदान मेसिनबाटै मतदान भएको थियो । जसमा प्रा.डा. बराल सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा डा. विकास अधिकारी पुनः निर्वाचित भएका छन् ।