मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल विरेन्द्रनगर
२०७७ असोज २५ आइतबार १५:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्तारुढ सांसदबाटै कर्णाली प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
रमेश रावल, विरेन्द्रनगर
२०७७ असोज २५ आइतबार १५:३१:००

कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । 

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले महेन्द्रबहादुर शाही संसदीय दलको नेता चयन भएपछि संसदीय दलको प्रभावकारिता र सरकारको उपस्थिति फितलो भएको आरोप लगाएका छन् । 

नेकपा सांसदहरूले नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको पत्रकार सम्मेलन गरी बताएका छन् ।  

उनीहरूले तत्काल विधानको नियम १, २, ३ र ४ अनुसार बैठक राखेर प्रस्तावलाई निर्णयका लागि पेस गर्न मागसमेत गरेका छन् । 

यसरी अविश्वासको प्रस्ताव पेस गर्नेमा यमलाल कँडेल, चक्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अम्मरबहादुर थापा, सुशीलकुमार थापालगायत १८ जना रहेका छन् । 

कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रूपमा रहे पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबन्डा हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रको भागमा परेपछि उनले मुख्यमन्त्री पाएका थिएनन् ।