१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएनआई
२०७७ असोज २५ आइतबार १३:५४:००
Read Time : < 1 मिनेट
विश्व

तालिबानी लडाकुद्वारा अफगानिस्तानमा दश सैनिक र तीन सर्वसाधारणको हत्या

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज २५ आइतबार १३:५४:००

अफगानिस्तानमा तालिबानी लडाकुहरूले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुँदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । आक्रमणमा परी अरू केही सेना घाइते भएका छन् भने तीनजना सर्वसाधारण मारिएका छन् ।

अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । आक्रमण गस्तीमा रहेको अफगानिस्तानको राष्ट्रिय सेनामाथि लक्षित थियो । सडक छेउमा ती सेनालाई लक्ष्य गरी बम राखिएको थियो । शनिबार साँझपख तालिबानीहरूले बम विस्फोट गराएका थिए । बम विस्फोटमा परेर सेनाका दशजना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरू कैयौँ सैनिक घाइते छन् ।  

हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापनाका लागि वार्ता जारी छ । उता अफगानिस्तान सरकारले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता  अपनाएका समाचारहरू पनि आइरहेका छन् । तर, यता तालिबानीहरूले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् ।