मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २५ आइतबार १३:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लायन्स क्लब काठमाडौं समर्पणद्वारा मोतीबिन्दुका बिरामीकाे निःशुल्क शल्यक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २५ आइतबार १३:४८:००

लायन्स क्लब काठमाडौं समर्पण र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रले १७ जनाको निःशुल्क मोतीबिन्दुकाे शल्यक्रिया गरेको छ । 

क्लबले दृष्टिविहीनका लागि अस्पतालसँग मिलेर गरेको सहकार्यमा ५० वर्षमाथिकामा गरिएको परीक्षणमा २९ जनाको मोतीबिन्दु देखिएको थियो । त्यसमध्ये १७ जनाको शल्यक्रिय सम्पन्न गरेको हो ।

कोभिड १९ संक्रमणको प्रसारलाई रोक्न सबै सबै सुरक्षा नीति अवलोकन गर्दै स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ ।

मोतीबिन्दु शल्यक्रिया गरी शल्यक्रिया प्रक्रिया, प्रयोगशालाका काम, प्रि–अपरेटिभ मूल्यांकन र पोस्ट– अपरेटिभ औषधिहरूजस्ता सेवा निःशुल्क प्रदान गरिएको क्लबले जनाएको छ । 

साँखु, चन्द्रागिरि र लुभुको स्क्रिनिङ साइटमा थप बिरामीको पहिचान गरिने हुँदा यो संख्या थप बढ्ने क्लबको अनुमान छ ।

लायन्स क्लब समर्पण र एनएनजेएस–त्रिभुवन विश्वविद्यालय कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रले मोतीबिन्दुका कारण दृष्टि गुमाएकालाई निःशुल्क उपचार गर्दै उनीहरूलाई संसार हेर्न सक्ने बनाउने प्रतिबद्धता जनाएको छ ।