१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २४ शनिबार १९:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २४ शनिबार १९:१३:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । भट्टराईले कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । 

भट्टराईले भनेका छन् - गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौंबाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ । शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो । शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वरोबाहेक अरू समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छु । होसियार रहनु र परिआएमा सामना गर्नुबाहेक के नै पो विकल्प छ र ?