१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २४ शनिबार १९:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २४ शनिबार १९:००:००

कांग्रेसको आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको गत २३ असोजमा भएको निधनको कारणले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा कांग्रेसले २४, २५ र २६ असोजमा पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ ।

त्यस्तै २५ असोजमा केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औँ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने मुख्यसचिव पौडेलले जानकारी दिए । 

बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन तयारी सन्दर्भमा छलफल हुने कार्यसूची तय भएको थियो ।