१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज २४ शनिबार ०६:२४:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

वार्नरको नाममा आइपिएलमा सर्वाधिक अर्धसतक

Read Time : > 1 मिनेट
२०७७ असोज २४ शनिबार ०६:२४:००

१३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादका अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले आफ्नो जादुमयी खेल प्रस्तुत गरिरहेका छन् । बिहीबार राति हैदराबादले किंग्स ११ पन्जावलाई ६९ रनले हराउँदा वार्नरले पुनः एकपटक अर्धसतकीय इनिङ्स खेले । वार्नरले ४० बलमा ५२ रनको योगदान दिए । 

आइपिएल इतिहासमा वार्नर सबैभन्दा बढी अर्धसतकीय इनिङ्स खेल्ने ब्याट्सम्यान हुन् । उनले अहिलेसम्म एक सय ३२ खेलमा ४६ पटक अर्धसतक बनाएका छन् । आइपिएलमा उनले चार सतक जमाएका छन् । आइपिएलमा पाँच हजार रन पूरा गर्न उनलाई ६७ रन आवश्यकता छ । आइपिएलमा रोयल्स च्यालेन्जर्स बेंग्लारका कप्तान विराट कोहली तथा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले पाँच हजार रन पूरा गरिसकेका छन् । वार्नरले यसै आइपिएलमा पाँच हजार रनको कोसेढुंगा पार गर्ने विश्वास छ । आइपिएलमा धेरै अर्धसतकीय इनिङ्स खेल्नेमा चेन्नई सुपर किंग्सका सुरेश रैना हुन् । उनले आइपिएलमा एक सय ९३ खेल र मुम्बईका रोहितले एक सय ९४ खेलमा ३८–३८ अर्धसतक ठोकेका छन । 

शिखर धवनले एक सय ६३ खेल तथा बेंग्लोरका विराटले एक सय ८२ खेलमा समान ३७ अर्धसतकीय इनिङ्स खेलेका छन् । कोलकताका पूर्व ब्याट्सम्यान गौतम गम्भीर छैटो स्थानमा छन् । उनले एक सय ५४ खेलमा ३६ पटक अर्धसतक बनाए । बेंग्लोरका एबि डी भिलियर्स सातौँ स्थानमा रहँदा एक सय ५९ खेलमा ३५ अर्धसतक बनाएका छन् । किंग्स ११ बाट मौका नपाएका वेस्टइन्डियन ब्याट्सम्यान क्रिस गेलले २८ अर्धसतक जोडेका छन् । आइपिएलमा एक सय २५ खेल खेलेका गेलको नाममा सर्वाधिक ६ सतक रेकर्ड छ । 

नवौँ स्थानमा अजिन्का राहानेले २७ तथा दशौँ स्थानमा रोविन उथप्पाले २४ अर्धसतकीय इनिङ्स खेलेका छन् । दुबईको डिएससी मैदानमा भएको खेलमा हैदराबादले पहिलो ब्याटिङ गरी निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय एक रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा किंग्स ११ ले १६.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र जोडेको थियो । हैदराबाद ६ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । किंग्स ११ ले दुई अंक जोडेको छ । यो टोली तालिकाको आठौँ स्थानमा छ । खेलमा चौका र छक्काको रेकर्ड बन्यो ।

समग्रमा ब्याट्सम्यानले १६ छक्का तथा २४ चौका लगाए । आइपिएलमा किंग्स ११ का ब्याट्सम्यान निकोलास पुरनले केवल १७ बलमै अर्धसतक बनाउन सफल भए । यो सिजनको छिटो अर्धसतक रेकर्ड पुरनको नाममा रह्यो । समग्रमा किंग्स ११ का ब्याट्सम्यान लोकेश राहुलले १४ बलमा अर्धसतक बनाएको रेकर्ड अहिलेसम्म तोडिएको छैन । आइपिएलमा हैदरबादले आठपटक दुई सयमाथि रनको योगफल रक्षा गर्न सफल भएको छ । हैदरावादले आइपिएलमा किंग्स ११ विरुद्ध तीनपटक दुई रनको योगफल बनाएको छ । 

खेलमा हैदराबादका ओपनरद्वय वार्नर र जोनी वेरिस्टोले पहिलो विकेटक लागि १५.१ ओभरमा एक सय ६० रनको साझेदारी गरेका थिए । म्यान अफ दी म्याच वेरिस्टोले ५५ बलमा ६ छक्का र सात चौका प्रहार गरी ९७ रन जोडेका थिए । किंग्स ११ को ब्याटिङ इनिङ्समा पुरनले ३७ बलमा सात छक्का र पाँच चौका प्रहार गरी ७७ रनको योगदान दिए । आइपिएलम वार्नर वेरिस्टोको जोडीले १६ पटक ओपनिङ गर्दा हजार रनको साझेदारी रेकर्ड बनायो । यसक्रममा पाँचपटक शतक तथा चारपटक अर्धसतकीय साझेदारी भएको छ ।