मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ असोज २३ शुक्रबार २०:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली प्रमाणपत्र मुद्दामा पूर्वडिएसपी दोषी ठहर, पाँच हजार जरिवाना 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ असोज २३ शुक्रबार २०:३८:००

नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको अभियोग लागेका नेपाल प्रहरीका पूर्वडिएसपी अरुणकुमार शाह दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १६ माघमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । पटनाको बिडी इभिनिङ कलेजबाट स्नातक उत्तीर्ण गरेकाे प्रमाणपत्र पेस गरेर उनी इन्स्पेक्टरमा भर्ना भएका थिए । आयोगले उनीविरुद्ध उजुरी परेपछि छानबिन हुँदा उनले त्यहाँ पढ्दै नपढेको र नक्कली सर्टिफिकेट पेस गरेको पुष्टि भएको थियो । न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले बुधबार उनलाई दोषी ठहर गरेको हो । 

असइलाई २० दिन कैद 
त्यस्तै घुससहित पक्राउ परेका असइ पदमबहादुर कटवाल पनि दोषी ठहर भएका छन् । न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती, रवि शर्मा अर्यालको इजलासले उनलाई २० दिन कैद र सात हजार जरिवानाको फैसला गरेको हो ।  

गत वर्ष असारमा उनी घुससहित रंगेहात पक्राउ परेका थिए । प्रहरी चौकी भोक्राहामा कार्यरत रहेको वेला वन कार्यालयबाट पक्राउ पुर्जी आएको भन्दै तर्साएर घुस लिएका थिए ।