एक बेल्जियमी घुमन्तेलाई गैरकाननी काममा लगाएर मृत्यु भएको मुद्दामा एक अस्ट्रेलियाली रोजगारदाता दोषी ठहरिएका छन् ।
ती मृत्यु भएका बेल्जियमी घुमन्तेलाई अस्ट्रेलियाको एक कृषि उद्योगले फलफूल टिप्ने काममा लगाएको थियो । त्यस क्रममा उनको मृत्यु भएको थियो ।
विकसित देशहरूमा विश्वका कम विकसित देशबाट आएका नागरिकलाई गैरकानुनी रूपमा कठोर काममा लगाउने गरेको आरोप लाग्दै आएको छ ।
उनीहरूले कम पैसामा कठोर काममा ती आप्रवासी नागरिकलाई लगाउने गरेको आरोप उनीहरूमाथि छ । यस घटनाले पनि यो उजागर पारेको छ ।
मृत्यु भएका ती कामदार फलफूल टिप्ने क्रममा अतिगर्मीका कारण गम्भीर बिरामी भएका थिए । उनलाई अस्पताल पुऱ्याइएको भए पनि उनको तत्काल अस्पतालमा मृत्यु भएको थियो ।
ओलिभर म्याक्स करामिन नाममा ती २७ वर्षीय युवाको सन् २०१७ मा क्विन्सल्यान्ड अस्पतालमा मृत्यु भएको थियो । ती युवाले उक्त रोजगारदाता कृषि फार्ममा जम्मा तीन दिन मात्र काम गरेका थिए । त्यति छोटो अवधिमा नै उच्चगर्मीका कारण उनी गम्भीर बिरामी भएका थिए ।
ब्राडफेर्ड क्लार्क रोस्टन नामका रोजगारदातालाई दोषी ठहर गरी करिब ५२ लाख रुपैयाँ जरिवाना भएको बिबिसीले जनाएको छ ।
अस्ट्रेलियाली फलफूल फार्ममा काम गर्ने कामदारको अवस्थालाई लिएर ती कम्पनीमाथि ठूलो आलोचना हुँदै आएको बिबिसी विश्व सेवाले आफ्नो समाचारमा उल्लेख गरेको छ ।