मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २३ शुक्रबार १३:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटनमन्त्री भट्टराई र भारतीय राजदूत क्वात्राबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २३ शुक्रबार १३:३५:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेट गरेका छन् । सिहंदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिबारे कुराकानी भएको थियो ।

हवाई क्षेत्रका सम्बन्धमा उनीहरूबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगन्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुऱ्याउनेबारे छलफल भएको मन्त्री भट्टराईको सचिवालयले जवाएको छ।

कोभिड–१९ का कारण बन्द रहेको काठमाडौं र भारतका विभिन्न सहरबीचको उडान चाँडै सुचारु गर्नेबारेमा पनि  कुराकानी भएको थियो ।

त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्नेबारे छलफल भएको थियो । भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले  रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए ।