१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २३ शुक्रबार १३:२७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानले अर्को नोभेम्बरबाट मात्रै यात्रा अनुमति दिने 

Read Time : < 1 मिनेट
२०७७ असोज २३ शुक्रबार १३:२७:००

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरूलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।कोरोनाको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुला गरेर सरकारले ती देशहरूबाट आउन दिने योजना बनाएको हो ।  

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् ।

सरकारले अत्यावश्यक काम परेका र आउनैपर्ने अवस्थामा रहेकाहरूलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका एक सय ५९ देश तथा क्षेत्रहरूबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । 

जापान आउनुअघि यात्रुहरूले कोरोना भाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनुपर्नेछ । त्यसैगरी उनीहरूलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नुपर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो नियमको कार्यान्वयनको जिम्मेवारी आगन्तुकलाई ‘स्पोन्सर’ गर्ने व्यक्ति वा कम्पनीले लिनुपर्ने सर्त पनि राखिएको छ । सुरुमा दैनिक एक हजारजना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो संख्या बिस्तारै वृद्धि गरिँदै लैजाने अधिकारीहरूले जनाएका छन् ।