१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असोज २३ शुक्रबार ०६:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
२०७७ असोज २३ शुक्रबार ०६:५७:००

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । संघले बिहीबार धनगढी-अत्तरिया सडक खण्डअन्तर्गत मेडिकल कलेज अगाडि सडकमा प्रदर्शन गर्नुका साथै केहीबेर चक्काजाम गरेको थियो ।

नारा, जुलुससहित निकालेको विरोध र्‍यालीमा स्थानीयको समेत सहभागिता रहेको थियो । मेडिकल कलेज सञ्चालनमा सरकारले ढिलाइ गरेकोले दवाव दिन प्रदर्शन गरिएको नेविसंघका नेता पदमराज ओझाले बताए । यही वर्षबाट सञ्चालनमा ल्याउने कार्ययोजना भए पनि सरकारको ढिलाइका कारण कलेज सञ्चालन अनिश्चित रहेको उनले बताए ।

‘मेडिकल कलेजले यस वर्षदेखि नै अध्यापनको काम अघि बढाउने भनेको थियो तर, अहिले पूर्वाधार निर्माणको काम पनि अधुरै छ । अध्यापनका लागि आवश्यक बजेट पनि विनियोजन गरिएको छैन ’ उनले भने, ‘जतिसक्दो चाँडो मेडिकल कलेज सञ्चालनमा ल्याइनु पर्छ ।’ 

मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढेको ११ वर्ष बितिसक्दा पनि अध्यापनको अझै टुङ्गो नभएपछि आन्दोलनमा उत्रनु परेको संघले जनाएको छ ।

गेटा मेडिकल कलेजमा चालु आर्थिक वर्षबाट शैक्षिक कार्यक्रम र अस्पताल सञ्चालन गर्ने कार्ययोजना रहेको थियो । तर शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी अगाडि बढेको छैन । अस्पताल भने आगामी आर्थिक वर्षबाट सुरु गरिने मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ ।  

यो पनि पढ्नुहोस् : राज्यको तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन