१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २२ बिहीबार १६:४७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

उच्च जोखिममा काठमाडौं उपत्यका : १८१ आइसियू र ७६ वटा मात्र भेन्टिलेटर क्षमता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २२ बिहीबार १६:४७:००

कोरोनाको संक्रमण उच्च हुँदै जाँदा पछिल्लो समय काठमाडौं उपत्यका सबैभन्दा उच्च जोखिममा परेको छ । उपत्यकामा संक्रमण दर निकै उच्च हुँदै गएको छ । 

काठमाडौं उपत्यकामा कुल एक सय ८१ आइसियू रहेका छन् जसमध्ये ८२ वटा आइसियू अहिले प्रयोगमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो कुल आइसियूको  ४५.३ प्रतिशत हो । 

त्यसैगरी काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर रहेका छन् । जसमा २७ वटा अहिले प्रयोग भइरहेका छन् । यो कुल भेन्टिलेटरको ३५.५ प्रतिशत हो । 

मन्त्रालयका प्रवक्ता डा. गौतमले उपत्यकाबाहिरबाट काठमाडौं उपत्यका आएकाहरू १४ दिन क्वारेन्टिनमा बसेर मात्र कार्यालय तथा काममा जान आग्रह गरेका छन् ।

उपत्यकामा तीव्र गतिमा संक्रमण फैलिएको भन्दै उनले सबैले मापदण्ड पालना नगरेमा स्थिति गम्भीर हुन सक्नेप्रति सबैले मनन गरिदिन आग्रह पनि गरे ।