मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २२ बिहीबार १३:३५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

अनुगमन टोलीद्वारा सडेको मासु र म्याद गुज्रेका मसला नष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २२ बिहीबार १३:३५:००

काठमाडौंको मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ 

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाइएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलीले नष्ट पारेको छ । त्यस्तै मासुपसलमा म्याद गुज्रेको मसलासमेत पाइएको छ । 

महानगरपालिकाका पशुविकास अधिकृत डम्बरबहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए । त्यस्तै, पसलमा अस्तव्यस्त रूपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफसहित महानगरमा आउन भनिएका बमले बताए । 

महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसल दर्ता नगरी सञ्चालन गरेको, ढकतराजु प्रमाणीकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उनले बताए ।