मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २२ बिहीबार १२:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच सिंहदरबारमा वार्ता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २२ बिहीबार १२:३५:००

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ताटोली र डा. केसीका प्रतिनिधिबीच आज वार्ता भइरहेको हो । 

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेको थियो । 

जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेका छन् । 

सरकारले वार्ताटोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । 

वार्ताटोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् । 

चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग राख्दै डा. केसीले २९ भदौदेखि जुम्लाबाट अनशन सुरु गरेका थिए । 

डा. केसीले आमरण अनशन सुरु गरेको आज २५औँ दिन पुगेको छ ।