१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २२ बिहीबार ०५:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्त प्राप्ति गर्ने

Read Time : < 1 मिनेट
२०७७ असोज २२ बिहीबार ०५:३१:००

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडबाट प्राप्ति गर्नका लागि प्रस्ताव भई आएबमोजिम ग्लोबल लघुवित्तको सञ्चालक समितिले ११८औँ बैठकबाट उक्त संस्था प्राप्ति गर्ने निर्णय गरेको हो । 

उक्त संस्था प्राप्ति गर्दा ग्लोबलको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुने र व्यवसाय कारोबार वृद्धि गर्न सकिने भएकाले प्राप्ति गर्ने निर्णय गरेको संस्थाले जनाएको छ । यसपछि ग्राहकलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि हुने संस्थाको ठहर छ ।