मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएनआई
२०७७ असोज २१ बुधबार १६:१२:००
Read Time : < 1 मिनेट
विश्व

युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ असोज २१ बुधबार १६:१२:००

भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने घोषणा गरेको छ । एक्सडिए–डेभलपर्सका अनुसार परीक्षणका रूपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ । 

केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधा परीक्षण गरिसकेको दि भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरू प्रयोग गर्न पाउनेछन् । 

प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्नेछ । ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन् ।