मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख ३० बिहीबार
  • Thursday, 13 May, 2021
२०७७ असोज २१ बुधबार १६:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङस्थित नेपाल–चीन सीमामा बिओपी स्थापना

Read Time : < 1 मिनेट
२०७७ असोज २१ बुधबार १६:१०:००

नेपाल र चीनको सिमानामा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ मौवाटारमा बोर्डर आउट पोस्ट (बिओपी)को बुधबार ओलाङचुङगोलामा उद्घाटन गरिएको छ ।

सिमानाको सुरक्षार्थ साथै ओलाङचुङगोलालाई अस्थायी मुकाम बनाएर काम गरिने भएकोले बिओपी उद्घाटन गरिएको हो ।
सीमा क्षेत्र मौवाटारमा रहने बिओपी केन्द्र अहिले भने ओलाङचुङगोलामा उदघाटन गरिएको र सो क्षेत्रमा भवनसहितको संरचना बनेपछि मात्र उता लगिने बताइएको छ । 

मौवाटारमा अहिले भवनसहितको संरचना नभएकोले भवन नबनुञ्जेलसम्मका लागि ओलाङचुङगोलामा बिओपी टोली रहने र मौवाटारमा भवन बनेपछि गोलाबाट त्यहाँ स्थानान्तरण हुने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेश भट्टराईले बिओपी केन्द्रको बुधबार उद्घाटन गरेका हुन् । 

तत्काल प्रहरी निरीक्षकको कमान्डमा २० जना जनशक्ति यहाँ रहने जनाइएको छ । 

मौवाटारमा संरचना बनेपछि भने ५० जनासम्म जनशक्ति रहने जानकारी सशस्त्र प्रहरीले दिएको छ ।