मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २१ बुधबार १०:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चाडपर्व नजिकिँदै गर्दा बजार सुनसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २१ बुधबार १०:४८:००

चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरू सुनसान देखिएका छन् । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ । विगतका वर्षहरूमा दसैँ नजिकिएसँगै भिड हुने बजारमा यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो । 

मंगलबार साँझ न्युरोड, दरबारमार्ग, ठमेललगायतका बजारमा पुग्दा  केही पसल खुलेको देखिए पनि अधिकांश पसल बन्द भइसकेका थिए । सामान खरिद गर्न जानेहरूरु निकै न्यून देखिएका थिए । खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजनलगायतका बजारमा सुनसान देखिएका छन् ।

विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरू पनि निराश बनेका छन् । न्युरोड, दरबारमार्ग र ठमेल त्यसै पनि साँझको समयमा निकै भिड हुने बजार हुन् । तर, यस वर्ष कोभिड– १९ को संक्रमणको जोखिमका कारण मानिस सामान खरिद गर्न बजार निस्किएका छैनन् । 

ठमेल क्षेत्रमा आन्तरिक ग्राहकभन्दा पनि पर्यटक किनमेलका लागि बढी आउने क्षेत्र हो । पर्यटकीय क्षेत्र भए पनि यस वर्ष पर्यटक नै देख्न पाइँदैन । त्यसैले पर्यटकलाई लक्षित गरी खोलिएका पसल पनि प्रायः बन्द हुने गरेको देखिएको छ । कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारिक क्षेत्र सुनसान मात्रै भएको छैन, यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ  ।