Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असोज २० मंगलबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चर्कियाे राजधानी विवाद, प्रस्ताव पारित भए नेकपानिकट २२ सय उद्योगी-व्यवसायीले सामूहिक राजीनामा दिने

Read Time : < 1 मिनेट
२०७७ असोज २० मंगलबार १२:१४:००

प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि चाैतर्फी विवाद सुरु भएकाे छ । प्रस्ताव पारित भए दुई हजार दुई सय ४९ जना नेकपानिकट उद्योगी-व्यवसायीले पार्टीबाट सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

आज बुटवलमा एक कार्यक्रम गर्दै नेकपानिकट ३५ संघसंस्थाका प्रतिनिधिहरूले बुटवलबाट राजधानी सार्ने प्रस्ताव सभाले पारित गरे सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् । 

यता प्रस्तावलाई लिएर विपक्षी दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । ‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी’ र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव छलफलका लागि अगाडि बढ्दै गर्दा चाैतर्फी विवाद देखिएको हो । 

शुक्रबार प्रस्ताव पेस भएपछि सोमबार बसेको पहिलो बैठकमा संसदीय पद्धति मिचेर प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।