१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका रुपन्देही
२०७७ असोज २० मंगलबार १०:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश राजधानी दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

दाङ र बाँकेका नेता दाङकै पक्षमा मतदान गर्ने तयारीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
२०७७ असोज २० मंगलबार १०:४९:००

नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरीकाे विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ ।  आज बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।

प्रदेश सरकारले प्रदेश सभामा पेस गरेकाे प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको विपक्षी दल कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए ।  नामबारे भने कांग्रेसको असहमति नरहेको उनले बताए । 

कांग्रेसले निर्णय गरे पनि दाङ र  बाँकेका नेताले भने दाङकै पक्षमा मतदान गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी  देउखुरी उपत्यका र प्रदेशको नाम लुम्बिनी प्रस्ताव गर्दै प्रदेश सभामा शुक्रबार पेस गरेका थिए । रासस