Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २० मंगलबार ०८:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २० मंगलबार ०८:४४:००

लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ बजारमा आएको छ । किताब पब्लिसर्सले मंगलबारदेखि उपन्यास बजारमा ल्याएको हो । ‘मोक्षभूमि’ ऐतिहासिक नभई आदिम मान्छेहरूको कथा भएको भएको लेखक दाहाल बताउँछन् । ‘त्यही गुमनाम कुनामा अलपत्र परेका आदिम मान्छेहरूको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ । तर, यो ऐतिहासिक उपन्यास होइन । यो एउटा खास समय, सत्ता र सपनाको कथा हो,’ उनी भन्छन् ।

‘मोक्षभूमि’मा कथा संवत् १२८० बाट सुरु हुन्छ । खस साम्राज्यका चक्रवर्ती सम्राट् क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासहरूलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ । त्यस उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ । बहससँगै सुरु हुन्छ, मुक्त दासहरूको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा । ‘मोक्षभूमि’ त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन भएको लेखक दाहालको भनाइ छ । 

उपन्यासमा मुक्त दासहरू कता जान्छन् ? उनीहरूको देश खोज्ने यात्रा कसरी टुंगिन्छ ? एक निरंकुश र चक्रवर्ती खस सम्राट् क्राचल्लदेवले कसरी बौद्ध धर्म लिन्छन् ? सनातन वैदिक धर्मलाई कसरी हिन्दूकृत गरिन्छ ? प्रेम, धर्म, मोक्ष र साधनाको मार्ग के हो ? जस्ता विविध पाटोलाई उल्लेख गरिएको उनी बताउँछन् । ‘मोक्षभूमि’ उपन्यास देशैभरका पुस्तक पसलका साथै अमेजन र थुप्रैडटकममार्फत इ–बुकका रूपमा विश्वभर उपलब्ध रहेको किताब पब्लिसर्सले जनाएको छ ।