१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार १७:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘बले’विरुद्ध १७ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार १७:५३:००

एक वर्षअघि जुवाखालबाट पक्राउ परेका बलराम सापकोटा ‘बले’विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । 

उनीसँग १७ करोड ५२ लाख ७७ हजार दुई सय ६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित विभागले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

त्यस्तै, उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध समेत मुद्दा दायर भएको छ । श्रीमतीलाई दुई करोड ५८ लाख ६४ हजार सात ४४ रुपैयाँ बिगो दाबी गरिएको छ । 

जुवा र गुन्डागर्दीबाट सापकोटाले यो सम्पत्ति जोडेको विभागको दाबी छ ।  पञ्चकन्या हाउजिङ, भेगास सिटीमा रहेका फ्ल्याट, उनको गाडी र बैंक खातामा रहेको रुपैयाँ जफतको मागदाबीसहित मुद्दा दायर भएको विभागले जनाएको छ।  गत वर्ष तिहारमा उनी महाराजगन्जको जुवाखालबाट पक्राउ परेका थिए। 

त्यतिवेला पक्राउ परेका सबैलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । अन्यको छानबिन पनि भइरहेको विभागले जनाएको छ ।