मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार १६:३४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडाैं उपत्यकाका १२ जनासहित कोरोना संक्रमणबाट १९ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार १६:३४:००

कोरोना संक्रमणबाट विगत २४ घन्टामा थप १९ जनाको निधन भएको छ । संक्रमणबाट १४ पुरुष र पाँचजना महिलाकाे निधन भएकाे हाे ।

कोरोनाबाट एकैदिन निधन भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

योसमेत देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निधन हुनेमा काठमाडौंका तीन महिला र ६ जना पुरुष गरी नौजना रहेका छन् ।

ललितपुरमा तीन वर्षीय बालकसहित तीनजना पुरुषको संक्रमणबाट निधन भएको छ ।

उपत्यकामा मात्र १२ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सर्लाहीका दुई पुरुष, सुनसरी, चितवन र नवलपरासीपूर्वका एक–एक पुरुषको निधन भएको हो ।

पर्सा र गोरखाका एक–एक महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।