मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १९ सोमबार १६:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाकाे असर न्यायालयमा : सर्वोच्चमा दुई न्यायाधीश मात्र उपस्थित, बाँकी होम क्वारेन्टिनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १९ सोमबार १६:०८:००

सर्वोच्च अदालतमा सोमबार दुईजना न्यायाधीश मात्र उपस्थित भएका छन् । 

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा मात्र अदालतमा उपस्थित भएका हुन् ।

आज केवल दुईवटा इजलास तोकिएको छ । बमकुमार श्रेष्ठको एकल इजलास र मनोजकुमार शर्मासहितको संयुक्त इजलास तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ । 

आज १२ वटा पेशी रहेका छन् । हाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित १६ न्यायाधीश र केही कर्मचारीसमेत क्वारेन्टिनमा बसेका छन् । 

‘एकजना न्यायाधीशलाई कोराेना संक्रमण देखिएको हो । केहीअघि तीनजना इजलास अधिकृतलाई पनि देखिएको थियो,’ सर्वोच्चका एक अधिकारीले भने, ‘इजलास अधिकृत अन्य न्यायाधीशकोमा पनि जानुपर्ने हुन्छ । केहीअघि फुलकोर्ट पनि बसेको थियो । संयुक्त इजलास पनि राखिएको थियो । यी यस्ता कारणले सरेको हुन सक्छ भनेर उहाँहरू होम क्वारेन्टिनमा बस्नुभएको छ ।’

ती अधिकारीका अनुसार कोरोना लागेको भए लक्षण तीनदेखि पाँच दिनमा देखिने भएकाले केही दिन क्वारेन्टिनमै बसेर परीक्षण गराई सर्वोच्च फर्किने न्यायाधीशहरूको तयारी छ ।

हाल सर्वोच्चमा १९ न्यायाधीश रहेकोमा एकजनालाई संक्रमण देखिएपछि उनीसँग नजिक रहेका १६ जना सतर्कता अपनाउन क्वारेन्टिनमा बसेका छन् । 

‘हाललाई न्यूनतम सेवा दिइएको हो । उहाँहरू फर्किएपछि पुनः इजलास तोकिनेछ,’ ती अधिकारीले भने ।