Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असोज १९ सोमबार १५:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२४ घन्टामै पिसिआरको फरक-फरक रिपोर्ट !

Read Time : < 1 मिनेट
२०७७ असोज १९ सोमबार १५:२२:००

विराटनगरको नोबेल मेडिकल कलेजले २४ घन्टामै पिसिआरको फरक-फरक रिपोर्ट दिएको छ । नोबेलको स्वाब परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा एक युवाको रिपोर्टमा पहिलो पोजेटिभ र पछि नेगेटिभ आएको हो । 

शुक्रबार ती युवाले स्वाब दिएका थिए । उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि आइतबार नै फेरि परीक्षणका लागि स्वाब दिए । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आयो । उनी सोमबार प्रहरी सहायक निरीक्षक (असइ) को परीक्षामा समेत सामेल भएका छन् । 

‘पहिलोपटक यस्तो रिपोर्ट आएको छ,’ नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले भने, ‘हामीले सोमबार पनि उहाँलाई स्वाब संकलनका लागि बोलाएका छाैँ।’ 

स्वास्थ्य मन्त्रालयले एक हजार पाँच सय रुपैयाँमा पिसिआरको परीक्षण गर्ने बताएपछि नोबेलले सरकारी रेटमा पिसिआर परीक्षण गर्ने घोष्णा गरेको थियो । तर, ती युवाले आफूले दुई हजार तिरेर पिसिआर परीक्षण गरेको बताए । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भाइरोलोजिस्ट एक डाक्टरले २४ घन्टामै रिपोर्ट फरक आउनु आश्चर्य भएको बताए । स्वाब संकलन गर्दा त्रुटि भएकोले रिपोर्ट फरक आएको हुन सक्ने उनको अनुमान छ ।