मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार १४:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले डा. केसीलाई मार्नै खोजेको हो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार १४:३७:००

सत्याग्रही डा. गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनले उनको स्वास्थ्य नाजुक बन्दै गएको अवस्थाप्रति गम्भीर बन्न साझा पार्टीले सरकारलाई आग्रह गरेको छ । 

साझा पार्टीले सरकारी बेवास्ताले सत्याग्रहीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चतावनीसमेत दिएको छ ।  

डा. केसीले १९औँ अनशनमा राखेका माग जायज भएको उल्लेख गर्दै  विज्ञप्तिमा भनिएको छ, ‘विश्वमै विरलै भेटिने डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपऱ्यो।’

डा. केसीले (०६९ साल) पहिलो अनशनबाट उठाएका माग सत्तापक्ष र प्रतिपक्षका साथै संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा भएको साझा पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ ।  

प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको वेलामा केसी ६ पटक अनशन बस्नुपरेको उल्लेख गर्दै ‘कुचोले बढार्नुपर्ने कसिंगर, हावाले उडाएर लैजाओस्’ भनेझैँ रवैया सरकारले प्रस्तुत गरिरहेको छ। के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’ प्रश्न गरेको छ । 

पछिल्लोपटक ०७५ साउन १० मा केसीसँग अहिलेकै सरकारले सम्झौता गरेको कार्यान्वयनमा लैजाने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको थियो ।