मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एपी
२०७७ असोज १९ सोमबार १४:३४:००
Read Time : < 1 मिनेट
समाचार

नोबेल पुरस्कार घोषणा सप्ताह सुरु

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ असोज १९ सोमबार १४:३४:००

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि सुरु हुँदै छ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुनेछ । 
कारोलिन्स्का इन्स्टिच्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ । 

कोरोना भाइरस महामारीका कारण यस वर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ । तर, नयाँ भाइरसबारे अनुसन्धानका लागि यस वर्ष प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ । 

सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ । गत वर्ष बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरू विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाबारे अनुसन्धान गरेबापत संयुक्त रूपमा पुरस्कार दिइएको थियो ।  
नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् । 

चिकित्साबाहेक अन्य पुरस्कारहरू भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ ।