मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार ०४:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नोकियाको डुअल क्यामेरा भएको स्मार्टफोन सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार ०४:३२:००

नोकिया फोनको नेपालका लागि आधिकारिक विक्रेता टेलिटकले नोकिया २.४ स्मार्ट फोन बजारमा ल्याएको छ । नोकिया २ सिरिजकै पहिलो डुअल क्यामेरा भएको फोन बजारमा ल्याएको हो । 

यो फोनले नाइट मोड र पोट्रेट मोडसहित एडभान्स इमेज सुविधा लिने कमपनीले जनाएको छ । त्यस्तै, यसमा ६.५ इन्च एचडी प्लस स्क्रिन रहेको जनाइएको छ । यसमा रहेको ४५०० एमएएच ब्याट्री दुई दिनसम्म टिक्ने भएकाले एप र गेमहरू लामो समयसम्म ब्याट्रीको चिन्ताविना नै स्वतन्त्र रूपले प्रयोग गर्न वा खेल्न सकिने कम्पनीको दाबी छ ।

यसमा फिंगरप्रिन्ट र फेस अनलक भएकाले फोन सुरक्षित रहेको कम्पनीले जनाएको छ । यो फोनमा एन्ड्रोइडको ३ वर्षसम्मको मासिक सेक्युरिटी अपडेट र २ वर्षसम्मको ओएस अपडेट रहने भएकाले यो एन्ड्रोइड ११ र १२ का लागि तयार रहेको कम्पनीले जनाएको छ  । 

यो फोनमा नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिङका साथ अँध्यारो अवस्थामा पनि जीवन्त विवरणहरू खिच्न सकिने जनाइएको छ । पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ प्रयोगकर्ताले आफ्नो रचनात्मकता देखाउन सक्ने कम्पनीको दाबी छ । यो फोनमा २ जिबी ¥याम र ३२ जिबी रोम स्टोरेज क्षमता रहेको जनाइएको छ । हाल यो फोन दराज अनलाइन र सस्तोडिल अनलाइनमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य १४ हजार ६ सय रुपैयाँ तोकिएको छ ।