भक्तपुरमा बसभित्र १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
घटनामा संलग्न दुईजना पक्राउ परेको र एकजना फरार रहेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका जगातीमा पार्किङ गरेर राखिएको बा.३ख २६१२ नम्बरको मिनीबसमा सो घटना भएको हो ।
घटनामा संलग्न नीरबहादुर खड्का र सुरेश श्रेष्ठलाई पक्राउ गरिएको भक्तपुर प्रहरीकी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन् । उनीहरू सोही बसका कर्मचारी हुन् ।
प्रहरीका अनुसार दीपेश राई नामक युवकले किशोरीलाई शुक्रबार बागबजारबाट भक्तपुर लगेका थिए ।
सुरुमा उनले बलात्कार गरेको र पछि दुई युवकलाई बुझाएका थिए । दुई युवकले ती किशाेरीलाई शनिबार बेलुका बसमा लगेर बलात्कार गर्दा स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका हुन् ।
आफूलाई लठ्याउने औषधि खुवाएको पीडित किशोरीले बताएकाे प्रहरीले जनाएकाे छ ।