मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १८ आइतबार १२:४७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिमालय एयरलाइन्सद्वारा काठमाडौंका विभिन्न हस्पिटललाई चिकित्सा सामग्री प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १८ आइतबार १२:४७:००

हिमालय एयरलाइन्सले काठमाडौंका विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

कोरोना महामारीविरुद्ध अग्रभागमा उभिएर कार्य गर्ने स्वास्थ्यकर्मीको सुस्वास्थ्यको सुनिश्चितता र तिनलाई संक्रमणबाट बचाउन तत्काल चालिनुपर्ने कदमको महत्व बुझ्दै सहयोग गरेको एयरलाइन्सले जनाएको छ । 

एयरलाइन्स्ले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर, र मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई विविध चिकित्सा सामग्री प्रदान गरेको हो । 

हिमालय एयरलाइन्स्को ब्रान्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले सहिद गंगालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई सामग्री हस्तान्तरण गरिन् । 

साथै उनले राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहलाई सामग्री हस्तान्तरण गरिन् ।