मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १८ आइतबार ०९:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकमा अनलाइनमार्फत कर्जा

Read Time : < 1 मिनेट
२०७७ असोज १८ आइतबार ०९:३२:००

एनआइसी एसिया बैंकले अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरूप ग्राहकमैत्री बनाउने तथा कोभिड–१९ का कारण सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यतालाई ध्यान दिँदै यो सुविधा ल्याएको हो । 

यस बैंकले आफ्नो ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप यो सुविधा सुरु गरेको बैंकले जनाएको छ । कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्ने बैंकको दाबी छ । यसका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फाराम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकले मुक्ति पाउने बैंकले जनाएको छ । 

यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफूले इच्छाएको कर्जाको आवेदन दिन सक्ने जनाइएको छ । ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोतअनुसार कर्जा लिन सक्ने क्षमता निक्र्योल गर्न सकिने व्यवस्था पनि गरिएको जनाइएको छ । त्यस्तै, कर्जा लिनका लागि योग्य भए–नभएको देखाउने र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

यसपछि ग्राहकलाई कर्जा लिनका लागि छनोट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधिले सम्पर्क गर्ने र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घन्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको जनाइएको छ ।