मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १६ शुक्रबार १४:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्न ओली-प्रचण्ड सहमत

Read Time : < 1 मिनेट
२०७७ असोज १६ शुक्रबार १४:०२:००

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश ५ को  स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ ।

अध्यक्षद्वयबीच गत मंगलबारको छलफलमा प्रदेशको स्थायी राजधानीबारे सहमति जुटेको नेकपा उच्च स्रोतले जनाएको छ । 

आज केही बेरअघि बसेको प्रदेश ५ को मन्त्रिपरिष्द्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । साथै प्रदेश सरकारले यो निर्णयलाइै प्रदेश सभामा  छलफलका लागि दर्ता गरिसकेको छ । प्रदेश सभालाई तीनदिन भित्र यो प्रक्रिया टुंग्याउने पार्टीले निर्देशन दिएको उच्च स्रोतले जनाएको छ । 

लामो सयम पार्टीभित्र सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न बाँकी छ । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्ने विषयमा शिर्ष नेता तथा प्रदेश ५ को प्रदेशसभमा मतभेद देखिँदै आएको छ। 

प्रदेश ५ का मुख्यमन्त्री तथा पार्टी इञ्चार्ज शंकर पोखरेलले सुरुदेखिनै दाङलाई प्रदेशको राजधानी बनाउने पक्षमा लविङ गर्दै आएका छन् ।

उनले पार्टी एकिकरण हुनुअघि पूर्वमाओवादीले प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय गरेको थियो । महासचिव विष्णु पौडेल लगायतका पूर्वएमाले खेमाका नेताहरुले भने बुटवललाई नै राजधानी बनाउने अडानमा थिए ।
 
नेकपाका स्थायी कमिटी सदस्यले नयाँ पत्रिकालाई दिएको जानकारी अनुसार प्रदेशको स्थायी राजधानी अर्घखाँचीको शितगंगा तथा दाङको राप्ती र गरुडा गाउँपालिकाभित्र पर्नेगरी भालुवाङमा राख्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुटेको छ ।