मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १६ शुक्रबार ०९:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

कोरोनाको जोखिममा कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या

Read Time : > 1 मिनेट
२०७७ असोज १६ शुक्रबार ०९:५७:००

जिल्ला कारागार लमजुङ ३५ जना क्षमताको हो । ६ महिला र ७१ जना पुरुषसहित कारागारमा हाल ७७ जना कैदीबन्दी छन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भूकम्पका कारण जीर्ण छ भने कोरोना महामारीको समयमा झनै संकट पैदा भएको छ । 

हालसम्म लमजुङ कारागारका कैदीबन्दीमा कोरोना देखिएको छैन । कारागारमा जोखिम भने कायमै रहेको कारागार प्रमुख विष्णुप्रसाद पौडेलले बताए । उनले भने, ‘कारागारमा सुरक्षा सतर्कता अपनाइएको छ, तर क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । 

कारागारमा आन्तरिक प्रशासनको पहलमा हाल नयाँ आउनेलाई केही समय छुट्टै राख्ने व्यवस्था गरिए पनि लामो समयसम्म राख्न सकिने अवस्था छैन । जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटकपटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि नबढ्दा दिन प्रतिदिन समस्या बढ्दै गएको छ । 

पछिल्लो समय कोरोना महामारीका कारण चुनौती झनै थपिएको प्रमुख पौडेलको भनाइ छ । कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइलगायतका समस्या झेल्दै आएका छन् ।

 

अहिले नयाँ आउने कैदीबन्दीका लागि आन्तरिक प्रशासनले छुट्टै राख्ने व्यवस्था गरेअनुरूप चर्पी, वासस्थानसहितको सामान्य व्यवस्था गरेको भए पनि त्यो दीर्घकालीन छैन । ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै छ,’ कारागारका प्रमुख पौडेलले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरूलाई बस्न समस्या भएको छ ।’

जीर्ण बन्दै गएको लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ । ०२८ मा स्थापना भएको कारागारमा कार्यालयसहित दुईवटा भवन छन् ।

कारागारका एक कैदीबन्दीले भने कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आफूहरूलाई सुत्नेदेखि शौचालय जानसमेत समस्या भएको बताए । जिल्लामा सोमबारसम्म कुल संक्रमित ४४५ पुगेको छ। तीन सय ८२ निको भएर घर फर्किएका छन् । 

कारागारमा चार बेडको आइसोलेसन निर्माण
कोभिड– १९ को संक्रमण नियन्त्रणका लागि लमजुङ कारागारमा ४ बेडको आइसोलेसनसमेत निर्माण गरिएको छ । महिला कैदीबन्दीका र पुरुष कैदीबन्दीका लागि दुई –दुई बेड क्षमताको आइसोलेसन निर्माण गरिएको हो । कोराेना भाइरसको जोखिमलाई ध्यानमा राखी लमजुङ कारागारमा कैदीबन्दीको आफन्तसंँगको भेटघाटलाई पूर्ण रोक लगाइएको छ ।