मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २१ सोमबार १२:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेसलाई मुलुक निर्माणको अभियानमा जुट्न झलनाथ खनालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २१ सोमबार १२:०४:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् ।

वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे कांग्रेस आफैं कमजोर हुँदै जाने चेतावनी दिए । सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उनले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे ।

उनले स्ववियु निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि कांग्रेसलाई सचेत गराए । आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि कांग्रेसले स्ववियु निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।

वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे । मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।