Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असोज १५ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : आज थपिए १९ सय ११ संक्रमित, सक्रिय संक्रमित २१ हजार आठ सय ३० पुगे 

Read Time : < 1 मिनेट
२०७७ असोज १५ बिहीबार १६:२५:००

पछिल्लो २४ घन्टामा १९ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा १२ हजार चार सय ४४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७९ हजार सात सय २८ पुगेको छ । 

त्यसैगरी आज नौ सय ६१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

कुल निको हुनेको संख्या ५७ हजार तीन सय ८९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

संक्रमित निको हुने दर ७१.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार संक्रमितमध्ये आइसियू दुई सय २० जना र भेन्टिलेटर २५ जनाको उपचार भइरहेको छ ।