मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १५ बिहीबार ०५:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गरिब राष्ट्रलाई विश्वबैंकले भ्याक्सिन किनिदिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १५ बिहीबार ०५:३२:००

विश्वबैंकले गरिब राष्ट्रका लागि कोभिडविरुद्धको भ्याक्सिन किनिदिने भएको छ । आममानिसका लागि सकेसम्म छिटो कोभिडविरुद्धको खोप सुनिश्चित गर्न १२ बिलियन डलर विनियोजन गरेको बैंकले जनाएको छ ।

बजारमा कोभिडविरुद्धको भ्याक्सिन आउनासाथ विश्वबैंकले भ्याक्सिन किनिदिनेछ । उसले कोभिडविरुद्धको खोपका लागि धेरै समय कुर्न नसकिने भन्दै चाँडो उत्पादन गर्न पनि आग्रह गरेको छ । विश्वबैंकको यो घोषणाले निम्न आय भएका देशहरूका करिब दुई अर्ब मानिसको उपचार गर्न सकिने विश्वास लिइएको छ ।

गरिब राष्ट्रहरूका लागि सहयोग गर्ने यो योजना विश्वबैंकका सेयरहोल्डरहरूको अनुमोदनका आधारमा हुनेछ । 

 एजेन्सीको सहयोगमा