मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार २२:००:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार २२:००:००

राजीनामा दिने लहर रोक्न प्रहरीमा घर कर्जा र उच्च शिक्षामा सहुलियतपूर्ण ऋण

जागिर छाड्ने क्रम बढेपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सुविधा बढाउन थालेको छ । कल्याणकारी कोषमार्फत यस वर्षदेखि प्रहरीका सुविधा थपिएका छन् । त्यसमध्ये पछिल्लो सुविधा हो, सहुलियत घर कर्जा । घर बनाउन चाहने प्रहरीले कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । कोषबाट पहिलोपटक घर कर्जा दिइन लागेको हो ।

वामदेवविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा 

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय बदर गर्न र मन्त्री नबनाउन परेको रिट बुधबारको संवैधानिक इजालसले ‘हेर्दाहेर्दै’मा राखेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ५ असोजमा दर्ता गरेको मुद्दा संवैधानिक इजलासमा सरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत सम्मिलित संवैधानिक इजलासले बुधबार दुवै पक्षका बहस सुनेको थियो । इजलासमा जबरासहित दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । यो मुद्दामा बहस नसकिएपछि अर्को इजलासमा हेर्ने गरी ‘हेर्दाहेर्दै’मा राखिएको निवेदक त्रिपाठीले बताए । 

संसद्को विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सरकारलाई विशेष अधिवेशन आह्वान गर्न दबाब दिने निर्णय गरेको हो । 

डोनाल्ड ट्रम्प र जो बाइडेनको पहिलो डिबेट :  इतिहासमै अराजक र तिक्ततापूर्ण

अमेरिकाको आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेनले सार्वजनिक ‘डिबेट’मा पहिलोपटक एक–अर्काको सामना गरेका छन् । उनीहरूको यो डिबेटलाई इतिहासमै अराजक र तिक्ततापूर्ण भनिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो धारणा राखिरहेका बाइडेनलाई बारम्बार अवरोध गर्ने प्रयास गरेका थिए । सिबिएस न्युजले जनाएअनुसार ट्रम्पले प्रतिद्वन्द्वी बाइडेन बोलिरहँदा ७३ पटक बीचैमा बोलेर अवरोध गरेका थिए ।

पिसिआर परीक्षणमा बढी पैसा लिने ल्याबलाई शुल्क समायाेजन गर्न स्वास्थ्य मन्त्रालयको २४ घन्टे चेतावनी 

पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ताेकिएकाेभन्दा बढी शुल्क लिने आठवटा प्रयोगशालालाई २४ घन्टाभित्र शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयस्तरीय इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) ले गरेको निर्णय सुनाउँदै बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुल्क समायोजन नगरे प्रयोगशाला परीक्षणको स्वीकृति खारेज गरिने निर्णय भएकाे बताए ।

महिला सांसदको माग : १६ वर्षमुनिका बालिका बलात्कार गरी हत्या गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्छ 

महिला सांसदले १६ वर्षमुनिका बालिकामाथि बलात्कार गरी हत्या गरेको प्रमाणित भए मृत्युदण्डसम्मको सजाय दिने सम्बन्धमा बहस आवश्यक रहेको बताएका छन् । संघीय संसद् प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बुधबारको बैठकमा ‘महिलाविरुद्ध हुने हिंसा, हत्या, बलात्कारसम्बन्धी घटना र कानुन कार्यान्वयनमा देखिएका समस्या’ विषयमा छलफल गर्दै १६ वर्षमुनिका बालिकालाई बलात्कार गरी हत्या गरेको पाइए मृत्युदण्डसम्मको कारबाही हुने सम्बन्धमा छलफल आवश्यक भएको बताएका हुन् । 

काेराेना मिटर : आज थपिए १५ सय ५९ संक्रमित, सक्रिय संक्रमित २० हजार आठ सय ९१ पुगे 

पछिल्लो २४ घन्टामा १५ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १२ हजार दुई सय पाँचजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार आठ सय १७  पुगेको छ । 

२८ वर्षअघिको बाबरी मस्जिद तोडफोड घटना : भाजपा नेता आडवाणीसहित ३२ जनाले पाए सफाइ

०४९ मंसिर २१ गते (सन् १९९२ डिसेम्बर ६) उत्तर प्रदेशको अयोध्यास्थित बाबरी मस्जिद तोडफोडको आरोप लागेका भाजपा वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरलीमनाेहर जोशीसहित ३२ जना निर्दोष भएको अदालतले फैसला गरेको छ । लखनउस्थित सिबिआई अदालतले बुधबार उनीहरूसहित ३२ जना आरोपीलाई सफाइ दिएको हो । 

भारतीय अर्बपति मुकेश अम्बानीले लकडाउनमा समेत प्रतिघन्टा ९० करोड कमाए 

गत साता रिलायन्स उद्योगका मालिक अनिल अम्बानीले आफूसँग सम्पत्तिको नाममा केवल एउटा कार मात्र रहेको दाबी गरेका थिए । यति मात्रै होइन, अदालतमा चलिरहेको मुद्दाहरूमा बहस गरेबापत वकिलको शुल्क तिर्नसमेत श्रीमतीको गहना बेचेको उनले बताएका थिए । केही वर्षअघिसम्म विश्वकै धनी व्यक्तिको शीर्ष दशभित्र रहेका अनिल एक दशकमा यसरी टाट पल्टिएका छन् । उनलाई भारतमा अर्बपति कंगालसमेत भन्न थालिएको छ । १२ वर्षअघि अर्थात् सन् २००८ मा अनिलसँग ४२ अर्ब डलर सम्पत्ति थियो । मंगलबार अम्बानी परिवारसँग जोडिएर एउटा समाचार आएको छ । जहाँ अनिलका दाजु अर्थात् भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले लकडाउनमा मात्रै कति सम्पत्ति थपे भनेर । भारतीय एजेन्सीहरूका अनुसार लकडाउनका वेला पनि मुकेशले व्यापारबाट प्रतिघन्टा ९० करोड भारु आर्जन गरेका छन् । 

बार्सिलोनासँगका सबै स्मरण भुलाउने प्रयासमा सुआरेज

उरुग्वेयन स्ट्राइकर लुइस सुआरेजले स्पेनिस ला लिगामा लामो समयसम्म टिकिरहने विश्वास व्यक्त गरेका छन् । एट्लेटिको म्याड्रिडमा पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुआरेजले म्याड्रिडको दोस्रो इनिङ्स पनि सानदार हुने स्पष्ट पारेका हुन् । सुआरेजको पहिलो इनिङ्स अर्थात् बार्सिलोना थियो । जहाँ उनले ६ वर्ष बिताए । बार्सिलोनाको इतिहासमा व्यक्तिगत धेरै गोल गर्ने खेलाडीमा सुआरेजको नाम तेस्रो नम्बरमा छ ।