मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार १९:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद्को विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार १९:३७:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवासमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सरकारलाई विशेष अधिवेशन आह्वान गर्न दबाब दिने निर्णय गरेको हो । 

कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले विशेष अधिवेशन बोलाउनुपर्ने माग गरेको हो । कोभिड– १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रूपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको निष्कर्ष बैठकले निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । 

बढ्दो भ्रष्टाचार तथा बेथिति मौलाउँदा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ । वर्तमान सरकारका ज्यादतीका विरुद्धमा सडक र संसदबाट एक साथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले बताए । 
 
सामाजिक दूरी कायम गरेर सडक आन्दोलन अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको उनले बताए । केन्द्रीय कार्यसमिति बैठकमा पौडेल समूहले उठाएका विषयमा जवाफ दिने संस्थापन पक्षको तयारी छ ।