१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १४ बुधबार १३:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२० घन्टाको नवजात शिशुमा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १३:१७:००

पोखरामा २० घन्टाको नवजात शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । 

पोखरा महानगरपालिका– ४ का शिशुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियूमा भर्ना गरिएको छ । 

निर्देशनालयले बुधबार दुईवटा विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयका अनुसार बुधबार थपिएकासहित प्रदेशमा जम्मा संक्रमितको संख्या तीन हजार आठ सय ६६ पुगेको छ । संक्रमितमध्ये प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ३५ जना भने निको भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार ९८ छ ।

प्रदेशमा अहिलेसम्म ६८ हजार नौ सय ७५ जनाको पिसिआर विधिबाट परीक्षण भइसकेको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म यहाँ ३३ जनाले ज्यान गुमाएका छन् ।