१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १४ बुधबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको बिरामीको आरोप

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १३:१५:००

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा कार्यरत एक स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्न गएकी एक महिलालाई यौन दुर्व्यवहार गरेको परिवारले आरोप लगाएको छ ।

मंगलबार अस्पतालमा घाँटीको उपचार गराउन ओपिडीमा गएकी महिलालाई अस्पतालका अडियोलोजिस्ट जयलालप्रसाद यादवले काखमा राखी पटकपटक गोप्य अंगमा चिमाेटेको बिरामीको आरोप छ ।

मसाज गर्नुपर्छ भन्दै उनले यौन दुर्व्यवहार गरेको बिरामीले आफन्तलाई बताएपछि यो विषयमा अस्पतालामा छलफलसमेत भएको थियो ।

छलफलका क्रममा यादवले बिरामीसँग खुटा ढोगेर माफी मागेको भिडियोसमेत छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले यस विषयमा अस्पतालले अध्ययन गरिरहेको बताए ।

‘हामीले पीडितको कुरा सुन्यौँ,’ उनले भने, ‘थप अध्ययन गर्न बाँकी छ ।’ पीडितहरूले बिहीबार पनि अस्पतालले छलफलमा बोलाएको बताएको छ । यस विषयमा प्रहरीमा भने पीडितले उजुरी गरेका छैनन् ।