मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १४ बुधबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–चीन सीमा विवाद : हुम्लामा सीमास्तम्भ हराएको स्थाननजिकै बिओपी स्थापना गरिने 

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १२:१०:००

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ मा पर्ने लिमी लाप्चाको १२ नम्बर सीमास्तम्भभन्दा २५ किलोमिटरकाे दूरीमा नेपालको टाक्ची भ्यालीमा सशस्त्र प्रहरीकाे बाेर्डर आउट पाेष्ट (बिओपी) स्थापना हुने भएको छ । 

हालै यो नाकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको थियो । उत्तरी हुम्लाको हिल्सा नाकामा पनि ६ असारमा बिओपी स्थापना भइसकेको छ । 

हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको कमान्डमा २५ जना सशस्त्र प्रहरी बल बसेकाे छ । हिल्सामा कम्पाउन्डसहित नाैकोठे पक्की घरमा सशस्त्र  प्रहरी बसेको छ । 

पछिल्लो समय कर्णालीका तीन उत्तरी नाकामा बिओपी तत्काल स्थापना गर्ने तयारी भएकाे सशस्त्र प्रहरीको सुर्खेतस्थित महेश्वरी बाहिनीले जनाएको छ । 

हुम्लाको लिमीको टाक्ची, मुगुको नाग्चेनाङला र डोल्पाको तिन्जे नाकामा बिओपी राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
हुम्लामा मात्रै नेपाल चीनको दुई सय ६२ किलोमिटर लामो सीमाना रहेको छ । 

त्यहाँ १० सीमास्तम्भ छन् । लिमीको टाक्चीको उचाइ समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको छ ।